झापा, मंसिर १६ । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ डाँडाबजारमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

मृतक ४० वर्षीय राजकुमार मगर रहेको प्रहरीले जनाएको छ । मगर भेडेटार रवि राँके सडकमा काम गर्ने मजदुर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले बताए । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्