झापा , मंसिर १७ । झापाको बिर्तामोडस्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयबाटै मोटरसाइकल चोरी भएको छ ।

हिजो दिउँसो कार्यालय परिसरमा राखिएको कार्यालय सचिव जयकुमार दाहालको मे.६. प .५२९०नम्बरको कालो रंगको होण्डा साइन मोटरसाइकल चोरी भएको हो ।
दिउँसो २ बजे बैठक सकेर अरु सहभागीहरु आ-आफ्नो घर गइसकेपछि आफू पार्टी कार्यालयमा रहेका बेला कार्यालय परिसरमा राखिएको आफ्नो मोटरसाइकल चोरिएको दाहालले बताए । उनले घटनाबारे प्रहरीलाई जानकारी दिएका छन् । केही समयदेखि बिर्तामोडमा मोटरसाइकल चोरीको घटनामा बृद्धि भएको छ ।