झापा , मंसिर १९ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका-१ कि ४६ बर्षीया तारादेबि श्रेष्ठ र २३ बर्षिय आर्युत श्रेष्ठ रहेका छन् । प्रहरीले उनीहरुलाई गाउँघरमा नै लुकि छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । तारादेबि बैङकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७७/१०/०५ गतेको सजाय निर्धारण फैसला आदेशले १० लाख १२ हजार जरिवाना बेरुजु रही फरार रहेकि र आर्युत बैङ्किङ कसुर मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७७/१२/०८ गतेको सजाय निर्धारण फैसला आदेशले ५ लाख १० हजार जरिवाना बेरुजु रहि फरार रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्