झापा , मंसिर १९ । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभामा देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यस्तै प्रदेशतर्फ १२ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मधेस प्रदेशमा ६ जना, गण्डकीमा १ जना, लुम्बिनीमा ३ जना निर्वाचित भएका छन् । यस्तै कणर्ाली र सुदूरपश्चिममा पनि १-१ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ मोरङ १ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेशकुमार सिंह, रौतहट २ बाट किरणकुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी निर्वाचित भएका छन् । यसैगरी प्रदेशतर्फ मधेस प्रदेशसभामा अनिरुद्धकुमार सिंह, सुरिता कुमारी साह, जवाहरलाल कुशवाहा, केशव राय, शारदा शंकरप्रसाद कलवार र प्रमोदकुमार जयसवाल निर्वाचित भएका छन् । यसैगरी गण्डकी प्रदेशसभा सदस्यमा स्वतन्त्रबाटै राजीव गुरुङ निर्वाचित हुँदा लुम्बिनी प्रदेशमा सुरुल पुन, दीपेन्द्रकुमार पुन मगर र खड्ग बस्नेत निर्वाचित भएका छन् । यस्तै कणर्ाली प्रदेशसभामा देवेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशसभा सदस्यमा ताराप्रसाद जोशी निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्