झापा, मंसिर १९ । झापाको बिर्तामोड ४ स्थित विराट– अर्जुन उपभोक्ता सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई मोबाइल एपबाट सुविधा दिन थालेको छ ।

१३ औं वार्षिक साधारणसभाको अवसर पारेर संस्थाले सोमवार मोबाइल एप लन्च गरेको हो । प्रथम आइटी सिस्टम प्रालिसंगको सहकार्यमा संस्थाले मोवाइल सेवा संचालन गरेको अध्यक्ष नवीन खरेलले बताए । मोबाइल एपका फाइदाका बारेमा प्रथम आइटी सिस्टम प्रालिका सिइओ लोकप्रिय खनालले प्रकाश पारेका थिए ।

झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चम्पा खनालले उद्घाटन गरेको कार्यक्रममा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट बाल बचततर्फ सोफिया उप्रेती , नियमित बचततर्फ श्रवणकुमार नायक , उत्कृष्ट उद्यमी आशा खतिवडा , सर्वाधिक संकलक मुना खड्का , उत्कृष्ट कर्मचारी भूमिका घिमिरेलाई पुरस्कृत गरिएको थियो । त्यस्तै संचार क्षेत्रबाट संस्थालाई सहयोग पु¥याएको भन्दै एभिन्यूज टेलिभिजनका संवाददाता सन्तोष न्यौपानेलाई पुरस्कृत गरिएको थियो भने शिक्षा पुरस्कार विनोद किस्कू र दिपिका राजवंशीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खरेलले संस्थाले सहकारी पसल , बाल बचत , एकल महिला÷पुरुष बचत , ज्येष्ठ नागरिक बचत , अनलाइन भुक्तानी , जीवन बीमा , छुट कुपन , राहत कोष ,सम्मान कार्यक्रम , शिक्षा कोष , सहकारी तालिम , रक्तदान कार्यक्रम , सदस्यसंग सहकारी , स्वास्थ्य राहतजस्ता सेवा र कार्यक्रम संचालन गर्दै आएको जानकारी दिए । उनले संस्था स्थापना समयमा ५१ जना सदस्य रहेकोमा १३ वर्षसम्म आइपुग्दा १५५० पुगेको , निष्कृय र दोहोरो सदस्यता हटाई १७०० कायम गर्ने , संस्था दर्ता हुँदा शेयर रकम १३ लाख २६ हजार रहेकोमा चालु वर्षमा १ करोड ४१ लाख पु¥याउने लक्ष्य रहेकोसमेत जानकारी दिए । कोष , निक्षेप , कर्जा र बाह्य ऋणसमेत बढाउने उनको प्रस्ताव छ ।

अध्यक्ष खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष खनाल ,बिर्तामोड नगरपालिकाका सहकारी विभाग प्रमुख डिल्ली दाहाल , बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा , राष्ट्रिय सहकारी बैंक बिर्तामोडका प्रमुख विवेक डाँगीलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष यादवकुमार ओलीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव डिल्लीराम प्रसाईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्