झापा , मंसिर २० । मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटनामा परेका एक पुरुषको सुतेकै ठाउँमा मृत्यु भएको छ ।

दुर्घटनामा कुनैपनि चोटपटक नलागेका रंगेली नगरपालिका-३ का ५३ वर्षीय जितेन्द्र पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेलले चलाएको प्रदेश १-०२-०४४ प ४४०९ नम्बरको मोटरसाइकल गत सोमबार राति ८ः३० बजेतिर रंगेली-३ निशान थानस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेपनि चालक पौडेल सामान्य थिए । बाहिरी चोटसमेत नदेखिएका उनी राति ९ बजेतिर आफै घरमा पुगेर सुतेका थिए । सुतेकै ओछ्यानमा भोलिपल्ट बिहान ७ बजेतिर मृत फेला परेको जानकारी प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । शवको रंगेली अस्पतालमा पोस्टमार्टम गरिएको छ । डीएसपी श्रेष्ठले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्