भद्रपुर, मंसिर २० । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत झापाको भद्रपुर १० स्थित चन्द्रगढीमा एकदिने अन्तरक्रिया सम्पन्न भएको छ ।

चन्द्रगढी सामुदायिक प्रहरी सेवाकेन्द्र , महिला निगरानी समूह , भद्रपुर नगरपालिका वडा नं १० , चन्द्रगढी सेवा समाजलगायतका विभिन्न ५ वटा संघसंस्थाको संयुक्त आयोजनामा भद्रपुर १० स्थित छाता चोकमा सम्पन्न कार्यक्रमको औचित्यमाथि महिला निगरानी समूहकी अध्यक्ष रेखा अधिकारीले प्रकाश पारेकी थिइन् ।

वडा अध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी, भद्रपुर नगरकार्यपालिका सदस्य सिता गुरागाई ,साना किसान सहकारी संस्था चन्द्रगढीकी अध्यक्ष देवीमाया अधिकारी , हनुमान टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकी ,भद्रपुर नगरपालिका सामाजिक विकास शाखाकी प्रमुख जीवनकला राउतलगायतले मन्तव्य राख्दै महिला र पुरुषबीच तथा अन्य जुनसुकै प्रकारका हिंसालाई नियन्त्रण गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी निरीक्षक यशोदा घलेले हिंसाका बिषयमा प्रशिक्षण दिएकी थिइन् ।
महिला निगरानी समूहकी अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य समाजसेवी ज्योति रिजाल न्यौपाने र संचालन दुर्गा निरौलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्