झापा,मंसिर २४ । राजनीतिक दलहरुले समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेका छन् ।

यसक्रममा नेकपा एमालेले समानुपातिकतर्फ सांसदको रुपमा १२ पुरुष र २२ महिलाकाको नाम सिफारिस गरेको छ । एमालेले खास आर्य महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भूसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बरालको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

आदिवासी जनजाति महिलातर्फ सात महिला छनोट भएका छन् । नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमार बलम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका छन् ।
त्यसैगरी पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही रहेका छन् । पुरुषमा ३ जना छनोट गरेको छ । देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई छन् । दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल विक, प्रभु हराजा दुसाध र चन्द्र विक रहेका छन् ।
महिलार्फको क्लस्टरमा रुक्मिणी राना बराइली र हर्कमाया विश्वकर्मा रहेका छन् । त्यसैगरी मधेशीतर्फ गंगाप्रसाद यादव र अमृतलाल राजवंशी, महिलातर्फ विना देवी, अमृता अग्रहरी र प्रतिक्षा तिवारी रहेका छन् ।

मुस्लिमतर्फ सराज अहमद फारुकी रहेका छन् । समानुपातिकतर्फ ३४ स्थानमा प्राप्त गरेको एमालेले कम्तीमा १९ महिलाको नाम पठाउनु पर्ने थियो । तर एमालेले त्यसमा २२ जना पठाएको हो । एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ जना जितेको थियो । जसमा ४ जना महिला रहेका छन् । यस्तै एमालेले आदिवासी जनजातिमा १०, खसआर्यमा ११, दलितमा ५, मधेशीमा ५, थारुलाईतर्फ २, पिछडिएको क्षेत्रमा १ पठाउनु पर्ने थियो ।

त्यस्तै नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुंग्याएको एक पदाधिकारीले जानकारी दिए ।
ती पदाधिकारीका अनुसार समानुपातिक सांसद चयन हुनेमा खसआर्य महिलातर्फ प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, खसआर्यतर्फ पुरुषमा कांग्रेस प्रवक्ता प्रकाशशरण महत, दलिततर्फ जीवन परियार र मधेसीतर्फ विमलेन्द्र निधि चयन भएका छन् । आयोगले निर्वाचित गरेपछि मात्रै सांसदको टुंगो लाग्नेछ ।
प्रत्यक्षतर्फ कांग्रेसका ५७ सांसद निर्वाचित भएका थिए ।
आदिवासी जनजातितर्फ
१) सरस्वती बजिमय
२) लिलादेवी बोखिम
३) सिताकुमारी राना
४) सुशीला थिङ
५) सपना राजभण्डारी
६) माया राई

७) कुसुम थापामगर
८) मनोरमा सेरचन
खस आर्यतर्फ
१) अम्बिका बस्नेत
२) सरिता प्रसाईं
३) आरजु राणा देउवा
४) ईश्वरी न्यौपाने
५) प्रतिमा गौतम
६) मञ्जु खाँण
७) रमा कोइराला पौडेल
८) कान्तिका सेजुवाल
९) मैना रावल कार्की
मधेसीतर्फ
१) नागिना यादव
२) मुक्ताकुमारी यादव
३) चन्दा चौधरी
४) संगीता मण्डल
५) निनुकुमारी कर्ण

दलिततर्फ
१) शान्ति विक
२) रुपा विक
३) सीता मिजार
४) आशा विक
थारुतर्फ
१) कल्पना चौधरी
२) विनाकुमारी थनेत
मुस्लिमतर्फबाट

१) जावेदा खातुन जागा
पुरुष
१)जीवन परियार (दलिततर्फ)
२) विमलेन्द्र निधि (मधेसतर्फ)
३) प्रकाशशरण महत (खस आर्यतर्फ)

त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसद सिफारिस गरेको छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम शनिबार निर्वाचन आयोगमा पेस गरेको हो । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् ।

यस्तै आदिवासी जनाजति महिलामा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा बुझाइएको सूचीमा उल्लेख छ ।
मधेसी महिला मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराइली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारु महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाइएको छ । मुस्लिम महिलातर्फ कल्पना मियाँ छिन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको निर्वाचनमा प्राप्त गरेको सदर मतका आधारमा समानुपातिकतर्फ आफ्ना १३ जना निर्वाचित सांसदको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको रास्वपाको बैठकले समावेशी सिद्धान्तका आधारमा १३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।
जसअनुसार दलित समुदायबाट सन्तोष परियार र शिव नेपाली, जनजाति समुदायबाट ढाकाकुमार श्रेष्ठ, इन्दिरा मगर र सुमना श्रेष्ठको नाम सिफारिस भएको छ ।
यस्तै खसआर्यबाट चन्दा कार्की, डोल प्रसाद अर्याल, निशा डाँगी र बिनिता कठायतको नाम सिफारिस भएको छ । यस्तै मधेसी समुदायबाट लक्ष्मी तिवारी र मनिष झा, थारु समुदायबाट अशोक कुमार चौधरी सिफारिस भएका छन् भने मुस्लिम समुदायबाट अशिम साहको नाम सिफारिस भएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
जसअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ ।

यस्तै, वाग्मती प्रदेशमा मायादेवी शर्मा र ओमकुमार श्रेष्ठ छनोट भएका छन् । त्यस्तै लुम्बिनी प्रदेशमा भगवती अधिकारी, कर्णाली प्रदेशमा कल्याणी खड्का र सुदूरपश्चिममा माया पन्तको नाम सिफारिस भएको छ ।

मंसिर ४ गतेको निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत अनुसार एकीकृत समाजवादी पार्टीले प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा १–१ जना, मधेश प्रदेशमा ३ र वाग्मतीमा २ सिट जितेको थियो । उक्त पार्टीले गण्डकी प्रदेशमा थ्रेस होल्ड कटाए पनि सदस्य निर्वाचित गर्न आवश्यक मत पु¥याउन सकेन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्