झापा , मंसिर २४ । मेचीनगर लेडी जेसीज वर्ष २०२३ का लागि अध्यक्ष पदमा रश्मी थापा सर्वसम्मत चयन भएकी छन् ।
शनिबार सम्पन्न नवौं साधारणसभाले मेचीनगर लेडी जेसीजको नयाँ कार्यसमिति चयन गरेको हो ।साथै कार्यकारिणी उपाध्यक्षमा पवित्रा बिमली प्रसाई र सुस्मा राजवंशी चयन भएका छन् ।
त्यस्तै ४ उपाध्यक्षमा कुसुम दाहाल ,शान्ति पराजुली , सकुन्तला खतिवडा ,गुन्जना आचार्य चयन भएको निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष सुशिला खतिवडाले जानकारी दिइन् । बाँकी रहेका पदहरुमा अध्यक्षले पछि मनोनयन गर्ने समेत उनले जानकारी दिइन् ।
नवनिर्वाचित अध्यक्ष थापाले मेचीनगर लेडी जेसीजलाई नयाँ उचाइमा पुर्याउने र सामाजिक कार्यक्रमहरुमा विशेष जोड दिने बताइन् । मेचीनगर लेडी जेसीजले हाल मेचीनगर १० मा निर्माण चरणमा रहेको जेष्ठ नागरिक आवास गृहलाई दीर्घकालीन योजनाको रूपमा अघि बढाइरहेको छ । साधारणसभामा मेचीनगर लेडी जेसीजकी संस्थापक सल्लाहकार लक्ष्मी राई, पूर्व अध्यक्षहरु टीका सुवेदी, शोभा श्रेष्ठ, सुनिता पनेरु, तुलसा दंगाल, निवर्तमान अध्यक्ष सीता गिरी पुरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।