झापा, मंसिर २५ । सुनसरीको बरहाक्षेत्र नगरपालिका-३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा को १७ प ६९४४ नम्वरको मोटरसाईकल चालक बेलबारी नगरपालिका-२ का ३५ बर्षीय हर्कबहादुर राई रहेका छन्, उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । हिजो साँझ ६ बजे प्रदेश १-०२-०४३ प १७१, को.३८प ९२१० र को. १७ प ६९४४ नम्वरको मोटरसाईकलहरु आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका बराहक्षेत्र-१ का ३३ बर्षीय रंजित कार्की, ३५ बर्षीय सुभास श्रेष्ठ, सुन्दरहरैचा-२ का ३८ बर्षीय हेमचन्द्र गुरागाई र २६ बर्षीय इन्दिरा गुरुङको धरान घोपामा उपचार भईरहेको छ । घटना सम्वन्धमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्