झापा , मंसिर २६ । निर्वाचन आयोगले आजदेखि निर्वाचनसम्बन्धी आचारसंहिता हटेको बताएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गत असोज १२ गतेदेखि देशैभर आचारसंहिता लागु गरिएको थियो । उक्त आचारसंहिता मंसिर २६ गते सोमबारदेखि लागु नरहेको निर्वाचन आयोगले जनाएको छ । यसबारे जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सम्पूणर् मन्त्रालयहरू तथा संवैधानिक निकायमा जानकारी गराइसकिएको आयोगले बताएको छ । गत मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो । आयोगले निर्वाचन परिणामबारे एक साताभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन पेश गर्ने पनि बताएको छ । आचारसंहिताका कारण विकास निर्माणका कार्यक्रम तथा कर्मचारीका सरूवा, बढुवालगायत प्रभावित भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्