झापा, मंसिर २६ । जाजरकोटको छेडागाड नगरपालिकामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो भने एकजना घाइते भएका हुन् ।

दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छेडागाड नगरपालिकामा मेयर रत्नबहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मानबहादुर रावल, बीरबहादुर खत्री, जयकुरा बुढा, बीरेन्द्र केसी, नैनसरा अधिकारी, अम्मरबहादुर खड्का, रामबहादुर बुढा, दीपक अधिकारी ,देवीसरा बुढालगायत छन्। दशेराको जेवाबाट लेवा जाँदै गरेको जीप दुर्घटनामा भएको हो। मृत्यु हुनेमा धेरैजसो लेवा गाउँका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्