झापा , मंसिर २७ । औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध लगाएको छ।

साथै बजारबाट ती औषधि फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई निर्देशन दिएको छ । विभागले अम्लपित्तका लागि वैद्यबाट सफारिस हुँदै आएको अविपत्तिकर चूणर् र निर्मल चूणर् नामक आयुर्वेदिक औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको हो । अविपत्तिकर चूणर्लाई गोर्खा आयुर्वेद कम्पनी र निर्मल चूणर्लाई भाष्कर हर्बस्युटिक्ल्सले उत्पादन गर्दै आएका छन् । दुवै कम्पनीले भारतको आयुर्वेदिक फार्माकोपिया, २०१६ मिचेको विभागको ठहर छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्