झापा , मंसिर २७ । ओखलढुंगामा कार्यरत प्रहरी निरीक्षक सोलुखुम्बुमा मृत भेटिएका छन् ।

ईलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका हुन् । खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिनअगाडी घर विदामा सोलुखुम्बुको वासा गएका थिए । उनी आफ्नै घरमा मृत भेटिएका हुन् ।

सोमबार बेलुका साथीभाइसँग रमाईलोका साथ खानपिन गरेर सुतेका राई बिहान आफ्नै ओछ्यानमा मृत भेटिएको राईको परिवारले बताएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए । आफूले घटनाको बारेमा परिवारसँग बुझ्दा साथीभाइसँग सोमबार बेलुका राम्रैसँग खानपिन गरेर सुतेका राई मंगलबार विहान मृत भेटिएको जानकारी गराएको प्रहरी प्रमुख खनालको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्