झापा , मंसिर २७ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक महिला दमकबाट पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ९ बस्ने ४५ वर्षिया तुलमाया तामाङ रहेकी छन् ।
आज बिहान ५ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तामाङलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ५ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्