झापा , मंसिर २८ । मोरङको ग्रामथान गाउँपालिका-५ को एउटा गोठमा मंगलबार राति ८ः४० बजेतिर अचानक आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ ।

आगोले जलेर मानिस र चौपाया घाइते भएका छन् । स्थानीय भीमप्रसाद ढकालको गोठमा विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगो नियन्त्रणमा लिने क्रममा स्थानीय मनोज ढकाल घाइते भएका छन् । आगोले पोलेर घाइते भएका ढकालको अवस्था सामान्य रहेको र स्थानीय क्लिनिकमा उपचार गराइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार स्थानीय, प्रहरी र दमकलको सहयोगमा राति ११ः५० बजेतिर आगो नियन्त्रणमा लिइएको थियो । डीएसपी श्रेष्ठले आगलागीमा २ लाख बराबरको क्षति भएको र घटनाको अनुसन्धान सुरु गरिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्