झापा , मंसिर २८ । घरमा आगलागी हुँदा पाँचथरमा ९१ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

File Photo

मृत्यु हुनेमा लुङरुपा निवासी सुखरानी नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घरमा एक्लै बसिरहेकी नेम्वाङको बुधबार बिहान ८ बजे निधन भएको बताइएको छ । आगेनाबाट सल्केको आगो शरीरमा सल्किँदा उनको ज्यान गएको स्थानीयले जनाएका छन् । नेम्वाङ उक्त घरमा एक्लै बस्दै आएकी थिइन् । घटनाको जानकारी आउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली पठाइएको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्