बिर्तामोड, पुष १ । बिर्तामोड नगर प्रहरीका कमाण्डर किरण भनिने ढलकबहादुर पाण्डे र सह–कमाण्डर राजकुमार खड्का निलम्बित भएका छन् ।

भ्रष्टाचारमा मुछिएपछि उनीहरु दुवैलाई नगरपालिकाले निलम्बन गरेको हो । उनीहरुको विषयमा छानबिन गर्न नगरपालिकाले वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । जसको सदस्यहरुमा नायब सुब्बा मेघराज बास्तोला र न्यायिक समितिकी टीकामाया लामिछाने रहेका छन् ।

त्यस समितिले उनीहरुमाथि छानबिन शुरु गरिसकेको र छानबिनका लागि आरोपित दुवैलाई निलम्बन गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए ।समितिले एक महिनाको कार्य अवधि पाएको छ । कमाण्डर पाण्डेले बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलकै सामुन्ने घुस मागेका थिए । त्यस्तै अन्य घटनामा पनि उनी मुछिएका छन् ।

पदको दुरुपयोग गर्दै पाण्डे र खड्काले मनोमानी गरेको नगर प्रहरीको सिंगो टीमले आरोप लगाएका छन् । बिर्तामोड नगरपालिकामा १५ जना नगर प्रहरी छन् । त्यसमध्ये सबै १३ जना पाण्डे र खड्काको विरुद्धमा देखिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्