झापा, पुष २ । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको २९ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ।

शनिबार बेलबारी– ३ स्थित जिल्ला बचत तथा ऋण सहकारी संघको सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।

संघका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षतामा भएको साधारणसभामा सचिव एकराज निरौलाले बार्षिक प्रगति प्रतिवेदन तथा आ.ब २०७९–०८० को कार्ययोजना पेस गरेका थिए । सोहि अवसरमा कोषाध्यक्ष जीवन बस्नेतले आ.व २०७९–०८० को अनुमानित बजेट र लेखा संयोजक बिष्णुप्रसाद ओझाले लेखा तथा सुपरीबेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाललाई सहकारी ब्यक्तित्व सम्मान,जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व कोषाध्यक्ष दीपकचन्द्र राई,पूर्व सञ्चालक भक्तिप्रसाद ढकाल, पूर्व सञ्चालक देवी गौतमलाई पूर्व सञ्चालक सम्मान,जनकल्याण साकोस मिक्लाजुङ,एकता भलुवा साकोस केराबारी र नारीसंकल्प साकोस उर्लाबारीलाई संस्था पुरस्कार, मनकामना साकोस पथरीशनिश्चरेका प्रमुख कार्यकारी अधिकृत कल्याण बजगाँई, दीपज्योति नारी विकास साकोस बेलबारीका ब्यबस्थापक गोमा खुलाल, सातमेडी साकोस रतुवामाईका ब्यबस्थापक जीवन पोख्रेल तथा लेटाङ साकोस लेटाङका लेखापाल गणेश अधिकारीलाई कर्मचारी पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्