बिर्तामोड,पुष २ । बिर्तामोड ३ बिर्ताबजारस्थित सबैको सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि.को छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले आगामी दिनमा संस्थाले सदस्य संख्या र कारोबार विस्तार गर्नुपर्नेमा जोड दिइन् । उनले संस्था अझ सम्बृद्धितर्फ जान सकोस् भनी शुभकामना दिइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष बोधराज दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्य १३२७ , कुल शेयर पुँजी ६३ लाख ६०० , कुल निक्षेप पुँजी ८९ लाख ४३ हजार ४५५ , कर्जा लगानी १ करोड ३९ लाख ९५ हजार ३३६ , कुल आय २२ लाख, १७ हजार १५३ , कुल व्यय १७ लाख २६ हजार ७६५ र कुल नाफा ४ लाख ६५ हजार ८६७ रुपैयाँ रहेको जानकारी दिए । अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी , संस्थाका सदस्य टेकबहादुर साशंकरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट अवधि बचतकर्ता गौतम शाह , उत्कृष्ट ऋणी हेमराज राजवंशी , उत्कृष्ट बचतकर्ता भरतकुमार पाठक र उत्कृष्ट बाल बचतकर्ता स्वस्तिका राजवंशीलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रमको संचालन उपाध्यक्ष खड्गबहादुर तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्