झापा, पुष ३ । निर्वाचन आयोगले आइतबार समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा विभिन्न राजनीतिक दलबाट चयन भएका समानुपातिक सांसदलाई आयोगले प्रमाणपत्र प्रदान गर्न लागेको हो । दिउँसो साढे १ बजे लौनचौरस्थित आयोगको कार्यालयबाटै प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२ , नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राप्रपाबाट सात, जसपा पाँच र जनमतका पाँच गरी ११० समानुपातिक सांसद् छन् । सहप्रवक्ता अर्यालका अनुसार सातवटै प्रदेशसभामा समानुपातिक प्रणालीबाट चुनिएका २२० सदस्यले पनि आइतबार प्रमाणपत्र पाउँदै छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्