झापा, पुष ३ । प्रगति इटाभट्टाले वातावरणमैत्री चिम्नी प्रयोग नगरेको भन्दै बाह्रदशीका स्थानीय आन्दोलित भएका छन् ।

फाइल फोटो

सन्तोष बोखिमको नेतृत्वमा १ सय ४० जनाको संघर्ष समिति गठन गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल सरकारबाट प्रतिबन्धित चिम्नी प्रयोग नगर्न तथा धुवाँ ,विकिरणले आफूहरुको स्वास्थ्य विग्रिएको र घरको छानो दुलो परेकोले त्यस्तो चिम्नी परिवर्तन गरी प्रदूषणरहित चिम्नी प्रयोग गर्न पटक पटक आवाज उठाउँदा वास्ता नगरेपछि आन्दोलित हुनुपरेको स्थानीयको भनाई छ । उनीहरुले स्थानीय शम्भु बोखिमलाई बिताशर्त रिहा गर्न माग गरेका छन् ।

आइतवार एक प्रेस विज्ञप्ति जारी गरी गाउँपालिकामा छलफल गर्नु छ भनी बाह्रदशी गाउँपालिकाको कार्यकक्षमा उपस्थित हुँदा विना पक्राउ पुर्जी बोखिमलाई पक्राउ गरिएको भन्दै उनीहरुले विनाशर्त रिहा गर्न माग गरेका हुन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्