एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा भईरहेको छ।

लुसिल स्टेडियममा भईरहेको खेलमा अर्जेन्टिनाले २ गोलको अग्रता कायम गरेको छ । अर्जेन्टिनाले खेलको २३ औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेको हो ।लियोनल मेसीले सो गोल गरे । त्यस्तै ३६ औं मिनेटमा एन्जल डी मारियाले अर्को गोल थपेका छन् ।

जारी विश्वकपमा ६ गोल गरेका मेसीले विश्वकपमा गोल संख्या १२ पुर्याउँदै पेलेसँग बराबरी गरेका छन् ।दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित खेलिरहेका छन् । दुबै देशले हालसम्म समान दुई–दुई पटक विश्वकपको उपाधि उचालिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्