झापा , पुष ४ । मलेसियामा झापा कचनकवलका एक युवकले आत्महत्या गरेका छन् ।

कचनकवल गाउँपालिका-३ पथरिया निवासी मुस्लिम मियाले मलेसियाको सेलाङ्गर दमनसरा भन्ने ठाउँमा १६ डिसेम्बर राति करिब ३ बजेको समयमा झुन्डिएर आत्महत्या गरेको सिसिटिभी फुटेजले देखाएको त्यहाँ रहेका भोला उप्रेतीले जानकारी दिए । उनले कम्पनी भित्रकै अपार्टमेटभित्र आत्महत्या गरेको उनले बताए । ५ वर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा सेक्युरिटी गार्डमा काम गर्न मियाँ मलेसिया पुगेका थिए । उनी त्यहाँ कार्यरत कम्पनी छाडेर अवैध रुपमा विभिन्न कम्पनीमा गार्डकै रुपमा काम गरिरहेका थिए । केही महिना अघिदेखि पारिवारिक सम्बन्ध ठिक नभएको भन्दै उनी एक्लै रुने, चिच्याउने र हाँस्ने जस्ता व्यवहार गर्ने गरेकोले डिप्रेसनमा गएर आत्महत्या गरेको हुनसक्ने उनले बताए । उनका अनुसार अवैध रुपमा काम गर्ने भएकोले कम्पनीले आधिकारिक मृत्यु भएको सूचना दिन्छ दिँदैन तर नेपाली भएकोले हामीले सक्दो सहयोग गर्ने गर्नुपर्छ । आफन्तले तत्काल मलेसिया स्थित नेपाली दूतावासमा आफन्तले आवश्यक कागजपत्र पठाई मृतकलाई नेपाल झिकाइदिनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्