झापा , पुष ४ । खेतीपातीको मुख्य समयमा रासायनिक मल अभाव नेपाली किसानको सदाको समस्या हो ।

यसको मुख्य कारण आवश्यक परिमाणमा मल आयात नहुनु नै हो । नेपालमा अहिले वार्षिक करीब ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । तर, सरकारले ४ लाख टन पनि उपलब्ध गराउन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने मन्त्रालयले हालसम्म वर्षमा अधिकतम ३ लाख ९४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल उपलब्ध गराउन सकेको छैन । मन्त्रालयका अनुसार पछिल्लो ११ वर्षमा सरकारले आ.व २०७७/७८ मा हालसम्मकै सबैभन्दा बढी ३ लाख ९४ हजार मेट्रिक टन मल उपलब्ध गराएको थियो । अहिलेको अवस्थामा उपलब्ध भइरहेको मलले हाम्रो आवश्यकता धान्न नसकेको निष्कर्षसहित मन्त्रालयले करिब ५ लाख २० हजार टन मल भित्र्याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्