झापा , पुष ४ । मोरङको बिराटनगर महानगरपालिका-१६ बाट अवैधरुपमा भन्सार छलि गरेको विभिन्न प्रकारका सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।

आईतबार राति ईलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपालतर्फ भन्सार छलि गरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो । बरामद गरीएका १२ लाख ३ हजार ४ सय २० रुपैया मुल्य बराबरको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्