झापा , पुष ४ । भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वणर् र २ रजत पदक प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगिताका रेफ्री एवं नरहरीपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रविन्द्र मानन्धरका अनुसार मिक्स मार्सल आर्ट फेडरेशन इन्डियाको आयोजनामा पौष ३ गते सम्पन्न च्याम्पियनसिपमा नेपालकी नानु शाक्यले वेष्ट अफ द वेष्ट फिमेल फाइटको उपाधीसहित मिक्स मार्सल आर्टको एमएमए बेल्ट प्राप्त गर्न सफल भइन् । नेपालले राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टिम कातातर्फ स्वणर् जित्न सफल भएको हो । पुरुषतर्फ टिममा स्वणर् जित्न सफल अमृत थोकरले ५५ केजी कुमिते र मनिष कार्कीले जुनियर ब्यक्तिगत कातामा स्वणर् जित्न सफल भएका थिए । यसैगरी श्रीजना महतारा, नानु शाक्य र सञ्जु देसार सम्मिलित टोलीले नेपालका लागि महिला टिममा पनि स्वणर् जिते । श्रद्धा थापाले सिनियर काता तथा ६१ केजी कुमितेतर्फ स्वणर् जितिन् । श्रीजना महताराले क्याडेट ब्यक्तिगत कातामा स्वणर् तथा ५५ केजी कुमिते तर्फ रजत जोडिन् । नानु शाक्यले ५० केजी कुमितेमा स्वणर् र जुनियर ब्यक्तिगत कातामा रजत प्राप्त गरिन् । नेपालका लागि स्वणर् जोड्ने क्रममा टिममा स्वणर् प्राप्त गरेकी सञ्जु देसारले जुयिनर ब्यक्तिगत काता र ४५ केजी कुमितेमा पनि स्वणर् जित्न सफल भइन् । नेपालको टिम प्रशिक्षकमा राकेश श्रेष्ठ र व्यवस्थापकमा सानुभाइ थापा मगर रहेका थिए । च्याम्पियनसिपमा नेपाल, भारत र रसियाका गरि ४२५ खेलाडीहरूको सहभागिता रहेको थियो । सोही प्रतियोगिताका दौरान भएको प्रशिक्षक सेमिनारमा नेपाली करातेका वरिष्ठ प्रशिक्षक हिरा सिंह डङ्गोलले भारतका सिनियर तथा जुनियर प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको मुम्बईबाट प्रशिक्षक डङ्गोलले जानकारी गराए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्