झापा, पुष ६ । झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकीमा गएराति चोर पसेको छ ।

चोरले गेटको ताला तोडेर दराज फोरेका छन् । मुलगेटको ताला तोडेर कार्यालयमा भएका सम्पूणर् दराज र घर्रा खोलिएको चकचकी स्वास्थ्य चौकीका इन्चार्ज रामनारायण शर्माले जानकारी दिए ।

कार्यालयमा भएका ल्यापटप लगायतका उपकरण भने सकुशल रहेको छ । चोरले लान खोजेको के हो भन्ने नबुझिएको शर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्