झापा, पुष ६ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिर्तामोड शाखाले अर्को सातादेखि धान खरिद गर्ने भएको छ ।

शाखाले एक सूचना जारी गरी आगामी बुधवारदेखि किसानका धान खरिद गर्ने जनाएको छ ।
मध्यम(सोना मंसुली) धान प्रतिक्वीन्टल ३ हजार १२८ र रंजित धान प्रतिक्वीन्टल ३ हजार १२८ रुपैयाँ कम्पनीको मुख्य शाखा कार्यालय भगवान चौक बिर्तामोड–१ मा खरिद कार्य सुचारु हुने कार्यालय प्रमुख देवेन्द्र राईले जनाएका छन् ।

सूचनामा धान तौलाई, चौकाईसम्बन्धी सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने ,धान घुन किरा नलागेको तथा अन्य बाह्य पदार्थ तथा अन्य धान नमिसिएको हुनु पर्ने ,धान खरिद कार्य सार्वजनिक बिदाको दिनबाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सुचारु रहने ,धान विक्री गर्ने किसानले अनिवार्य रुपमा नागरिकताको प्रतिलिपि ल्याउनुपर्ने ,धान विक्री गर्ने किसानले सम्बन्धित वडा कार्यालयको किसान पहिचानको सिफारिस पत्र अनिवार्य ल्याउनुपर्ने ,धान विक्री गर्ने किसानले सम्बन्धित गाउँपालिका, नगरपालिकाको कृषि शाखा वा कृषि ज्ञान केन्द्र कार्यालयको सिफारिस पत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था रहेको राईले बताएका छन् ।

केही दिनअघि धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै किसानले त्यस कार्यालयमा तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्