भद्रपुर, पुष ६ । नेपाल रेडक्रस सोसाइटी महेशपुर उपशाखाको सभापतिमा शमशेर तामाङ चयन भएका छन् ।

४ वर्षे कार्यकालका लागि गठित समितिको उपसभापतिमा लक्ष्मी कार्की, सचिव भिमप्रसाद गुरागाई, कोषाध्यक्ष प्रेमबहादुर कार्की, उपसचिव नविन दर्नाल र उप–कोषाध्यक्ष राजेन पौडेल चयन भएका हुन् ।

यस्तै सदस्यहरूमा कृष्णमाया श्रेष्ठ, मदनबहादुर बस्नेत, मनप्रसाद कोइराला, गोविन्दबहादुर खड्का र सुधिर राजवंशी चयन भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्