झापा, पुष ७ । प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित एकजना भारतीय कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङ नक्सालबारी ग्राम पञ्चायत कवलाजोत बस्ने २३ वर्षिय सारदिन महमद रहेका छन् ।

हिजो साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नं.१० कनिष्का धर्मकाटामा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४५ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्