एजेन्सी । क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछिको पहिलो खेलमा मार्कस रासफोर्डको उत्कृष्ट गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफोडमा बर्नलीलाई हराएको छ ।

ईएफएल कपअन्तरगतको चौथो खेलमा युनाइटेड २-० गोलअन्तरले विजयी भएको हो । खेलको २७ औँ मिनेटमा एरन वान-विसाखाको पासमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५७ औँ मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । जितसँगै युनाइटेड प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्