झापा, पुष ७ । संघीय संसद्का नवनिर्वाचित सांसदहरूले बिहीबार शपथ लिँदैछन्।

संघीय संसद्मा २७५ जना सांसदहरु रहेका छन् । यसमध्ये २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ लिन लागेको संघीय संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाले जानकारी दिए । धमलाका अनुसार सांसदहरूले उर्दु, तामाङ, भोजपुरी, थारु, कोइरकोयू, मैथली, नेपाली खस, मधेसी भाषा, सन्याली भाषा, नेपाल भाषा, अवधि, नेपाली र मुस्लिम, हिन्दी र संस्कृत भाषामा शपथ लिनेछन् । सांसदहरूलाई ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर जबराले शपथ खुवाउनेछन् । जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिइसकेका छन् ।