झापा, पुष १० । मोरङको बिराटनगर महानगरपालिका-४ मा एयरपोर्ट नहरबाट प्रहरीले गाँजासहित एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिराटनगर-११ घर भएका २८ वर्षीय अर्पण राई छन् । को ३८ प ७९५१ नम्बरको स्कुटरमा सवार राइको साथबाट ५ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आरोपी बिरुद्ध लागूऔषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी टिका बहादुर कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्