झापा, पुष १० ।नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा हिक्मत कार्की चयन भएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत नेता चयन गरेको सांसद बुद्धिकुमार राजभण्डारीले बताए। कार्की झापा निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित भएका हुन्। कार्कीलाई तिलकुमार मेयाङ्बो र रेवतीरमण भण्डारीले समर्थन गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्