एजेन्सी । उरुग्वेका पूर्व मिडफिल्डर फाविअन ओ नेइलको ४९ वर्षको उमेरमा निधन भएको छ ।

नेइलले कागइअरी र नासिओनलबाट लिग खेलेका थिए । उनको आइतबार निधन भएको उरुग्वे सकर फेडेरेसनले जनाएको हो । नेइललाई आइतबार कोमामा राखिएको थियो । नेइलको कलेजोमा अत्यधिक रक्तचाप देखिएको थियो । नेइलले उरुग्वेको राष्ट्रिय टोलीबाट १९ खेल खेलेका थिए । सन् २००२ को विश्वकप टोलीमा उनको नाम थियो । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा नेइलले खेल्न भने पाएनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्