झापा, पुष १२ । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएको हो । उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूणर् रुपमा विस्तार नगर्दासम्मका लागि मात्र पौडेललाई दिइएको हो । प्रवक्ताको जिम्मेवारी अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पाउने व्यवस्था छ ।




