झापा , पुष १३ । पूर्वी नाका काँकरभिट्टामा रहेको हेल्थ डेक्सलाई पुनः सञ्चालन गरिने जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले आज निणर्य गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भरियन्ट छिमेकी देशमा फैलिरहेको हुँदा पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिका लागि हेल्प डेक्स सञ्चालनमा ल्याउने तयारी भएको हो । नेपाल-भारतबीच खुल्ला सिमाना रहेको हुँदा मानिसको आवातजावतका कारण नेपालमा पनि सङ्क्रमणको जोखिम उच्च रहेको हुँदा यसको रोकथाम र नियन्त्रणका लागि आमसमुदाय सजग एवं सचेत रहन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । मेचीनगर नगरपालिका, नेपाली सेनालगायतको सहयोग र समन्वयमा मेचीनगर-१४ मा निर्माण भइरहेको होल्ङिड सेन्टरमा एक सय बेड तयारी अवस्थामा राख्ने, विद्यालय, हाटबजार अर्थात् बढी भीडभाड हुने स्थलमा अनिवार्य माक्स लगाउन र सरकारी तथा गैर सरकारी संस्थाहरूलाई कोरोना रोकथामका उपायबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने आग्रह गरिएको छ । प्रदेश नम्बर १ का १४ जिल्लामध्ये झापामा कोडिभ-१९ विरुद्धको खोपको पहिलो श्रृङ्खला बुस्टर डोजको मात्र लगाउने मानिसको प्रतिशत न्यून रहेको हुँदा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरसँग खोप माग गरी खोप अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालय झापालाई अनुरोध गरिएको छ । बैठकमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, प्रहरी उपरीक्षक दुर्गाप्रसाद रेग्मी, स्वास्थ्य कार्यालय झापाका निमत्त प्रमुख राजकुमार पोखरेल, प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन टङ्कप्रसाद बारकोटीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्