झापा, पुष १३ । झापामा आधारभूत तहमा पनि विशेष गरी कक्षा ६ देखि ८ मा अध्ययन गर्ने विद्यार्थीहरुले बढी कक्षा छाड्ने गरेको पाइएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल झापा जिल्ला समिति र विराट सामुदायिक अध्ययन केन्द्रले निकालेको तथ्यांक अनुसार कक्षा छाड्ने दरलाई तुलनात्मक रुपमा अध्ययन गर्दा आधारभूत तहमा पनि विशेष गरी कक्षा ६ देखि ८ मा बढी पाइएको हो । यसपछि कक्षा १ देखि ५ मा पाइन्छ । यसबाट आधारभूत तहमा शैक्षिक क्षति बढी भएको पाइन्छ । आधारभूत तह कक्षा १ देखि ५ जम्मा कक्षा छाड्ने प्रतिशत ६.५ प्रतिशत छ । त्यसमध्ये छात्रातर्फ ६.४ प्रतिशत छ । त्यस्तै आधारभूत तह कक्षा ६ देखि ८ जम्मा कक्षा छाड्ने प्रतिशत ७.६ प्रतिशत छ ।त्यसमध्ये छात्रातर्फ ७.४ प्रतिशत छ ।माध्यमिक तह कक्षा ९ देखि १० जम्मा कक्षा छाड्ने प्रतिशत ५.३ प्रतिशत छ । त्यसमध्ये छात्रातर्फ ५.२ प्रतिशत छ । सिकाइ उपलब्धिको अवस्था अध्ययन गर्दा संस्थागत विद्यालयको भन्दा सामुदायिक विद्यालयको उपलब्धि कम पाइन्छ । तल्लो तहभन्दा माथिल्लो तहमा सिकाइ उपलब्धि घट्दै गएको पाइन्छ । यसबाट नेपालको शिक्षाले उत्पादनमुखी जनशक्तिभन्दा बेरोजगारमुखी जनशक्ति उत्पादनमा जोड दिएको पाइन्छ । समग्रमा भन्नुपर्दा आधारभूत तहको शैक्षिक अवस्था निराशाजनक रहेको छ । शैक्षिक क्षतिका दृष्टिले पनि यो तहमा सरोकारका सम्पूर्ण पक्षले विशेष प्रकारले अध्ययन अनुसन्धानका साथ अनुगमनका कार्यक्रमलाई बढी प्राथमिकता दिनु पर्दछ ।

त्यस्तै झापा जिल्लामा खुद भर्नादरको अवस्था शतप्रतिशत रहेको छैन । आधारभूत तह कक्षा १ देखि ५ जम्मा खुद भर्नादर ९७.६ छ । यसमध्ये छात्रातर्फ ९४.५ प्रतिशत छ ।आधारभूत तह कक्षा ६ देखि ८ जम्मा खुद भर्नादर ९५.३ छ । यसमध्ये छात्रातर्फ ९५.० प्रतिशत छ ।त्यस्तै माध्यमिक तह कक्षा ९ देखि १० जम्मा खुद भर्नादर ८५.२ छ । त्यसमध्ये छात्रातर्फ ८३.४ प्रतिशत छ । विद्यार्थी भर्नाको अवस्थामा विगतका दिनभन्दा क्रमशः सुधार भएको पाइन्छ । तर सन्तुष्टी लिइहाल्ने अवस्था छैन । सबै विद्यालय अपांगमैत्री बन्न सकेका छैनन् । अपांगताका लागि चाहिने विशेष प्रकारका सामग्री जुटाउन संघीय तथा स्थानीय सरकारले कुनै पहल गरेको पाइदैन । सुविधाविहिन वर्गका बालबालिका जो अझै पनि विभिन्न कारणले शिक्षाको पहुँचबाहिर नै छन् । उनीहरुलाई मूलधारमा ल्याउन जे जति प्रयास हुनु पर्दथ्यो ,सो हुन सकिरहेको छैन ।

त्यस्तै उत्तीर्ण प्रतिशतको अवस्था पनि सन्तोषजनक रहेको छैन ।आधारभूत तह कक्षा १ देखि ५ जम्मा उत्तीर्ण प्रतिशत ८८.९ प्रतिशत छ । त्यसमध्ये छात्रातर्फको ८८.८ प्रतिशत छ ।आधारभूत तह कक्षा ६ देखि ८ जम्मा उत्तीर्ण प्रतिशत ९०.९ प्रतिशत छ । त्यसमध्ये छात्रातर्फ ९०.६ प्रतिशत छ । माध्यमिक तह कक्षा ९ देखि १० जम्मा उत्तीर्ण प्रतिशत ९४.१ प्रतिशत छ । त्यसमध्ये छात्रातर्फ ९४.२ प्रतिशत छ । तुलनात्मक रुपमा विश्लेषण गर्दा कक्षा ९देखि १० र ६ देखि८ को भन्दा कक्षा १ देखि ५ मा उत्तीर्ण दर कम देखिन्छ । यसबाट शिक्षाको जग निर्माण गर्ने क्रममा नै सुधार गर्नुपर्ने देखिन्छ ।यसर्थ बालविकासका कक्षादेखि नै शिक्षण सिकाइमा सुधार गर्नु आवश्यक छ ।

त्यस्तै झापामा कक्षा दोहो¥याउने दर पनि बढी नै छ । आधारभूत तह कक्षा १ देखि ५ जम्मा कक्षा दोहो¥याउने प्रतिशत ४.६ प्रतिशत छ । त्यसमध्ये छात्रातर्फ ४.७ प्रतिशत छ ।आधारभूत तह कक्षा ६ देखि ८ जम्मा कक्षा दोहो¥याउने प्रतिशत १.५ प्रतिशत छ । त्यसमध्ये छात्रातर्फ १.३ प्रतिशत छ ।त्यस्तै माध्यमिक तह कक्षा ९ देखि१० जम्मा कक्षा दोहो¥याउने प्रतिशत ०.६ प्रतिशत छ ।त्यसमध्ये छात्रातर्फ ०.६ प्रतिशत छ । कक्षा दोहो¥याउने दरको तुलनात्मक रुपमा अध्ययन गर्दा दोहो¥याउने दर पनि कक्षा १ देखि ५ मा नै बढी पाइन्छ । झापामा बालविकास केन्द्रको संख्या ७०५ वटा छ भने बालविकासको विद्यार्थी संख्या १५ हजार १७८ रहेको छ । आधारभूत तहमा विद्यालय संख्या ३६३ र विद्यार्थी संख्या १ लाख ५५ हजार ९३१ रहेको छ । त्यसमध्ये छात्राको प्रतिशत ४७.६९ रहेको छ ।माध्यमिक तहमा विद्यालय संख्या ३७२ र विद्यार्थी संख्या ५९हजार ९३९ रहेको छ । त्यसमध्ये छात्राको प्रतिशत ५१.४५ छ । जिल्लामा धार्मिक विद्यालय संख्या७२ सामुदायिक सिकाइ केन्द्र संख्या २८ र खुला विद्यालय १५ वटा छन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्