झापा, पुष १४ । रोमन मेगासेसे पुरस्कारबाट पुरस्कृत मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय अभियन्ता शक्ति समूहकी संस्थापक चरीमाया तामाङले युवा विद्यार्थीलाई आफ्नो अनुभव सुनाएकी छन् ।

आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा आदर्श ब्यांक्वेटमा आयोजित आदर्श चिन्तन कार्यक्रममा चरीमाया तामाङले आफ्नो जीवनी ,साहस, आगामी दिनमा नयाँ युगको दासता ,मानव बेचबिखनबिरुद्ध कसरी संगठित भएर लाग्ने भन्नेबारे विद्यार्थीलाई प्रेरणा दिएकी थिइन् ।

कलेजका संस्थापक सौरभ प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नितेश साहले शुभकामना मन्तव्य राखेका थिए भने चरीमायाको जीवनीबारे शक्ति समूहकी झापा संयोजक मिरा भट्टराईले प्रकाश पारेकी थिइन् । कार्यक्रमको संचालन कलेजका तालिम संयोजक दीपक दासले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका १८० जना विद्यार्थीको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्