झापा , पुष १७ । सुनसरीको कोशी गाउँपालिका-८ पूर्व पश्चित राजमार्गमा मोटरसाईकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

शनिवार अपरान्न ४ बजे पश्चिमबाट पूर्वतर्फ जादै गरेको BR32AH6244 नम्बरको भारतिया मोटरसाईकलले ठक्कर दिदा घाईते भएकी स्थानीय ५९ बर्षीय सितादेवि मुखियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा संलग्न मोटरसाईकल चालक भारत मधुवनि गाउँपालिका-२६ का २२ बर्षीय अनिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्