झापा, पुष १७ । झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट प्रहरीले ३ जना बेवारिसे बालकहरुको उद्दार गरिएको छ ।

आईतबार दिउँसो बुधबारे बजारमा ३ जना बालकहरु बेवारीसे अवस्थामा रहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले १३ वर्षीय एन्जल लिम्बू , ११ वर्षीय सुशील लिम्बू र १० वर्षीय होमन्च मगरलाई बेवारिसे अवस्थामा उनीहरुलाई उद्दार गरेको हो । उद्दार गरिएका तीनैजना बालकहरुलाई जनप्रतिनिधी र स्थानीय पत्रकारहरुको सहयोगमा ईटहरी स्थित रहेको अस्थायी संरक्षण केन्द्र (ख्इऋ) मा पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्