झापा, पुष १८ । झापाको सताक्षीधामको दान पेटिका चोरी भएको छ ।

आइतबार राति दान पेटिका चोरी भएको सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईले जानकारी दिए । सताक्षीधामसंगै गोलोक गोवर्धन गौशालाका पनि दान पेटिका फुटाएर त्यस भित्रका भेटी रकम चोरी भएको छ । गौशालाका तीनवटा दान पेटिका फुटाएर भेटी चोरी भएको हो भने सताक्षीधामको दान पेटिका नै गायब छ । फलामे साङ्लामा गर्भे ताला लगाइएको थियो । चोरले फुटाउन नसकेपछि धामको दान पेटिका नै चोरी भएको उपाध्यक्ष राईले बताए । दान पेटिकामा कति रुपैयाँ थियो भन्ने यकिन छैन । गौशालाका दान पेटिका बालाचतुर्दसी मेलाको भोलि पल्ट खोलिएको थियो । त्यस पछि खोलिएका थिएनन् । गौशालाको सन्त निवासको दान पेटिका भने सुरक्षित छ । त्यहाँ करिब २० हजार भेटी रहेको अनुमान गौशाले गरेको छ । यो एक महिना अवधिको दान भेटी भएको व्यवस्थापक न्यौपानेले बताए । सताक्षीधामको दिगम्बेस्वर महादेव मन्दिरको दान पेटिका गएको भदौमा पनि चोरी भएको थियो । त्यस बेला पनि घटनामा संलग्नको पहिचान हन सकेको थिएन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्