झापा , पुष २० । मोरङको बिराटनगर महानगरपालिका-६ का १९ बर्षीय राहुल महत्तोलाई मोटरसाईकल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

मंसिर २१ गते बिराटनगर-९ बाट को ७ प २४०३ नम्बरको मोटरसाईकल चोरी भएको भन्ने सूचना पाएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाईकलसहित महत्तोलाई पक्राउ गरेको हो । पक्राउ परेका महत्तोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।