झापा,पुष २१ । मेचीनगरमा बेवारिसे अवस्थामा फेला परेका एक महिलासहित तीन बालबालिकाको उद्धार गरिएको छ ।

उद्धार गरिएका महिलासहित उनका तीन छोराछोरीलाई बिहीबार अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलवार साँझ मेचीनगर नगरपालिका– १३ पिपल चौकमा बिरामी जस्तो देखिने भद्रपुर नगरपालिका– ७ निवासी ३२ वर्षीया रिमा हस्दा माझी, उनका ५ वर्षीय छोरा कृष्ण माझी, छोरीहरू ३ वर्षीया लक्ष्मी माझी र ३ महिनाकी सरस्वती माझी बेवारिसे अवस्थामा फेला परेका थिए । स्थानीयले बेवारिसे अवस्थामा फेला पारेपनि महिला रिमाले आफ्नो परिचय खुलाउन चाहिनन् । त्यसपछि रिमासहित छोराछोरीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रहरीले तत्काल चारैजनाको उद्धार गरी मानव अधिकारको लागि एकल महिला चन्द्रगढीमा ल्याएर राखेको थियो । त्यसपछि प्रहरीले अभिभावक खोज्ने क्रममा रिमाका श्रीमान् ४५ वर्षीय शिवचरण माझीलाई फेला पारेको थियो । श्रीमान् शिवचरणलाई श्रीमती र छोराछोरी जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्