झापा, पुष २२ । नारी संचार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीलाई पितृशोक परेको छ ।

प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य, नेकपा एमाले प्रदेश कमिटी सदस्य समेत रहेकी भीमा शिवाकोटीका पिता कन्काई नगरपालिका –५ निवासी गंगाप्रसाद शिवाकोटीको ८९ वर्षको उमेरमा आज बिहान ४.३० बजे निधन भएको हो ।
शिवाकोटी प्रदेश कमिटी सचिवालय सदस्य रोमणि भट्टराईका ससुराबुबा हुन् । शिवाकोटीको पार्थिब शरीरलाई दिउँसो १२ बजे कनकाई माईमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।