पथरीशनिश्चरे,पुष २४ । मोरङ कानेपोखरी गाउँपालिकाका हराईरहेका दुई बालकलाई फेला पारी पथरी प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

गत शुक्रवार ईलाका प्रहरी कार्यालय पथरीको कार्यालयमा ती दुवै जनालाई फेला पारी परिवारको जिम्मा लगार्ईएको हो।
KIN INDIA (आफन्त ईन्डिया) मार्फत भारतको दिल्लीबाट उद्धार गरी बाल हेल्पलाइन नेपालको सहयोगमा पुष २२ गते दुवै बालकलाई आफन्तको जिम्मा लगाई पठाईएको ईप्रका पथरीले जनाएको छ।
कानेपोखरी –२ दलेली बस्ने रामकुमार राजवंशीका छोरा १३ बर्षे राहुल राजवंशी र अनुप चौधरीका छोरा १२वर्षे अनिल चौधरी गएको साउन ३० गतेदेखि हराइरहेका थिए। हराएका दुवै जनाको आफन्तले खोजतलासको लागि ईलाका प्रहरी कार्यालय पथरीमा हुलिया दिएका थिए।