झापा , पुष २४ । हिउँदमा आउने विदेशी चरा नेपालमा बस्न अनिच्छुक देखिएका छन् ।

विशेषगरी हिउँद लागेपछि उत्तरी गोलार्द्धको चिसो छल्न नेपाल आउने गरेका चरा यहाँ बस्न अनिच्छा देखाउन थालेका हुन् । नेपालमा हिउँदे आगन्तुक पानी चराको गणना सुरु भएको छ । सिमसारयुक्त केही विशेष स्थलबाहेक अन्यत्र विदेशी चरा कम बास बस्न थालेको गणनाक्रममा फेलापरेको छ । शनिबार काठमाडौँको बागमती नदी र टौदहमा आएका पानी चराको गणना भयो । यहाँ खटिएका गणना संयोजक टेकबहादुर घर्तीले यस क्षेत्रमा हरेक वर्षजसो विदेशी पानी चराको आमगन कम हुँदै जान थालेको पाइएको बताए । टोलीले बिहानैदेखि बागमती नदीकिनार र टौदहको सेरोफेरोमा चरा गणना सुरु गरेको थियो । उनले शनिबार अपराह्न गणना सक्दा जम्मा तीन प्रजातिका आगन्तुक चरामात्र फेलापरेको जानकारी दिए । उनका अनुसार उत्तरी गोलार्द्धका मङ्गोलिया र साइबेरियाबाट आएका खडखडे हाँस करिब २६ वटा, बिजुला गैरी ३६ वटा र जलेवा करिब २० वटा फेलापरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्