झापा , पुष २४ । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय सेक्टरबाट आगमन हुने यात्रुहरुको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ ।

एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका यात्रुहरुलाई बार कोडसहितको कोभिड-१९ इन्टरनेशनल सर्टिफिकेट वा कोभिड-१९ टेष्ट एआइपी गरेको पीसीआर रिपोर्ट अनिवार्य गरेको हो । पीसीआर रिपोर्ट २४ घण्टाभित्रको हुनुपर्ने एयरलाइन्सले जनाएको छ । कोभिड-१९ को संक्रमण फरक स्वरुपमा फैलिन थालेपछि सरकारले अन्तर्राष्ट्रिय उडानहरुमा कडाई गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्