झापा , पुष २५ । मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ ।

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि सरकारले उनीहरूको उद्धारका लागि पहल सुरु गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र निजहरूलाई उद्धारका लागि पहल लिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलायले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्